झापामा १७ प्रतिशत मत बदर
काठमाडौं, जेठ १७ : स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा १७.१८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ। गत वैशाख ३० गते...काठमाडौं, जेठ १७ : स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा १७.१८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदाता शिक्षाको कमी र चुनावी गठबन्धन दलका चुनाव चिह्नमा मतदाता झुक्किँदा मत बदर बढी भएको हो।
झापा, जेठ १७ : वि.सं २०७४ को तुलनामा यस निर्वाचनको मत बदर सङ्ख्या दोब्बर बढेको छ। वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा ९.६५ प्रतिशत मात्र मत बदर भएको थियो ।
निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार जिल्लामा उपप्रमुख, सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारको सबैभन्दा बढी मत बदर भएको छ । १५ पालिका रहेको जिल्लामा खसेको कूल मत सङ्ख्या ४ लाख ५५ हजार २६८ मध्ये यी तीनै पदको उम्मेदवारको मत बदर सङ्ख्या २० प्रतिशतको दरले रहेको उनको भनाइ छ।
उनले प्रमुख पदमा ५७ हजार ९ सय ४५, उपप्रमुखमा ९४ हजार ८ सय ५६, वडाध्यक्षमा ५२ हजार ४ सय ६३, महिला सदस्यमा ७९ हजार १ सय ८८, दलित महिला सदस्यमा ९१ हजार १ सय ८४ र खुल्ला सदस्यमा १ लाख ८७ हजार ३ सय ६१ मत बदर भएको बताए।
कार्यालयका सूचना अधिकारी न्यौपानेका अनुसार कूल खसेको मतको १७ दशमलव १८ प्रतिशतम बदर भएको थियो । जिल्लामा छ लाख ४६ हजार २३४ मतदाता सङ्ख्या रहेकामा ७० दशमलव ४८ प्रतिशत अर्थात चार लाख ५५ हजार ४७६ जनाले मात्र मतदान गरेका थिए।