Kathmandu Press

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

काठमाडौं, जेठ १७ : गोरखाका ११ स्थानीय तहलाई संघीय सरकारले चार अर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जिल्लाका दुई...
गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

काठमाडौं, जेठ १७ : गोरखाका ११ स्थानीय तहलाई संघीय सरकारले चार अर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो।

जसमा गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पालुङटार नगरपालिकालाई ५७ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ। केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र एक अर्ब २० करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकालाई ४५ करोड ८७ लाख, अजिरकोटलाई ३० करोड २४ लाख, आरुघाटलाई ४० करोड ४८ लाख, गण्डकीलाई ४५ करोड, चुमनव्री गाउँपालिकालाई १९ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै धार्चेलाई २७ करोड ७४ लाख, भीमसेन थापालाई ३९ करोड १५ लाख, बारपाक गाउँपालिकालाई ४० करोड ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

 

प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, जेठ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्