Kathmandu Press

नक्कली नोटसहित दुई युवक पक्राउ

पर्सा, जेठ १७ : पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय...
नक्कली नोटसहित दुई युवक पक्राउ

पर्सा, जेठ १७ : पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन्।

Hardik ivf

पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिएको हो।

 

प्रकाशित मिति: ०८:१६ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्