Kathmandu Press

दोर्दी खोलाको आईपीओ खुल्ला गरिँदै

काठमाडौं, जेठ १७ : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर आईपीओ बिक्री खुला गर्न लागेको छ।कम्पनीले जेठ २६ गतेदेखि आईपीओ...
दोर्दी खोलाको आईपीओ खुल्ला गरिँदै

काठमाडौं, जेठ १७ : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर आईपीओ बिक्री खुला गर्न लागेको छ।

कम्पनीले जेठ २६ गतेदेखि आईपीओ खुल्ला गर्ने भएको छ। प्रतिकित्ता एकसय दरले २१ लाख २५ हजार ५०९ कित्ता शेयर बिक्री गर्न लागेको हो। त्यसमध्ये ६५ हजार ८६५ कित्ता अर्थात् ३ प्रतिशत कर्मचारीका लागि छुट्याइने भएको छ।

Hardik ivf

त्यस्तै, १ लाख ९ हजार ७७५ कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी २० लाख १९ हजार ८६९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको जनाएको छ।

शेयर खरीद गर्न चाहनेले जेठ २६ देखि ३१ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: ०८:०१ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्