Kathmandu Press

रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने

काठमाडौं, जेठ १६ : सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको वजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका...
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने

काठमाडौं, जेठ १६ : सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको वजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो। 

रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचनासहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका हुन् । केन्द्रीय कार्यक्रमको बजेटमा रामपुरलाई सम्बोधन गर्दै नयाँ सहरको रुपमा विकास गर्ने कार्यक्रमले यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ।
 
कालीगण्डकी नदी र यसको करिडोरसँग जोडिएको रामपुर भौगोलिक हिसाबले केही भाग डाँडाभेग र समथरभूमि रहेको रमणीय ठाउँ हो । पछिल्लो समय रामपुरमा पूर्वाधार विकासका काम अगाडि बढ्दै गर्दा पर्यटकीयस्थल बन्दै गएको छ ।
 
नेपाल सरकारले २०७१ वैशाख २५ गते घोषणा गरेको ७२ वटा नगरपालिकामध्येको एक विविध सम्भावना बोकेको र भौगोलिक हिसाबले ठूलो नगरपालिका पनि हो । साविकका गाँैडाकोट, दर्छा, खालीवन, रामपुर र गेझा गाविस समेटिएको यस नगरमा दश वटा वडा रहेका छन्। 
 
जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने यस नगरपालिका १२३ दशलमव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। २०७६ मा नगरद्वारा गरिएको घरधुरी सर्वेक्षण अनुसार करिब ४२ हजार जनसङ्ख्या भए पनि विभिन्न पेसा तथा व्यवसाय गरी बसोबास गर्नेको करिब ६० हजार रहेको अनुमान छ। 

Hardik ivf

यहाँ विभिन्न समुदायको बसोबास रहेको छ । विविध भाषाभाषी, रहनसहन, ऐतिहासिक तथा धार्मिक, पर्यटनका हिसाबले रामपुर नगरलाई नमूना सहरका रुपमा विकास गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताए। बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको कार्यक्रममा पाल्पा बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण कार्य सुरु गरिने समावेश गरिएको छ। 

यस्तै नीजि क्षेत्रमार्फत चितवन रामपुर बुटवल र चितवन–रामपुर–पोखरा दु्रतमार्ग बनाउन लगानी बोर्डमार्फत प्रक्रिया थाल्ने बजेटमा उल्लेख छ। कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनाको अध्ययन अगाडि बढाइने जनाइएको छ। सरकारले कालीगण्डकी करिडोर, कोसी करिडोर, कर्णाली करिडोरलाई  चार अर्ब बजेट छुट्टाइएको छ। 

पाल्पामा मौसमी राडार जडान गर्नेलगायतका कार्यक्रम आगामी आर्थिक वर्षका लागि समावेश गरिएको छ।

प्रकाशित मिति: १६:४० बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्