Kathmandu Press

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
Hardik ivf

दाङ, जेठ १६ : दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट  पैदलयात्रुको मृत्यु भएको छ। 

राप्ती गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए।

शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको , ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्