Kathmandu Press

उदयरपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु

उदयरपुर, जेठ १६ : उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।कटारी नगरपालिका–१४ भदौरेमा गएराति ट्रक दुर्घटना भएको हो। दुर्घटनामा चार...
उदयरपुरमा ट्रक दुर्घटना, चार जनाको मृत्यु

उदयरपुर, जेठ १६ : उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

कटारी नगरपालिका–१४ भदौरेमा गएराति ट्रक दुर्घटना भएको हो। दुर्घटनामा चार जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिमल्सिनाले बताए।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको मृत्यु भएको डीएसपी तिमल्सिनाले बताए।

उनका अनुसार मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बु जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटना भएको हो।

प्रकाशित मिति: ०८:३६ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्