Kathmandu Press

हराएको जहाजमा धनुषाका एकै परिवारका सात जना

धनुषा, जेठ १६ : आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ। पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको...
हराएको जहाजमा धनुषाका एकै परिवारका सात जना

धनुषा, जेठ १६ : आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ। 

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।

Hardik ivf

विमानमा राजनकुमार गोले, बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने  गाउँ नै चिन्तित भएको छ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ। (रासस)

प्रकाशित मिति: ०६:५३ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्