Kathmandu Press

तारा एयरको जहाज खाेजी कार्य आजलाई स्थगित

काठमाडाैं, जेठ १५ : पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज खोज्न हिँडेको नेपाली सेनाले उद्दार गर्ने कार्य स्थगित गरेको छ। रात परेकाे कारण...
तारा एयरको जहाज खाेजी कार्य आजलाई स्थगित

काठमाडाैं, जेठ १५ : पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज खोज्न हिँडेको नेपाली सेनाले उद्दार गर्ने कार्य स्थगित गरेको छ। रात परेकाे कारण खाेज कार्य स्थगन गरिएकाे हाे।

टोलीले भोलि बिहानैबाट खोजी काम पुनः सुरू गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।

‘खोजी गर्ने काम आजलाई रोकेका छौं। भोलिबिहान जति चाँडो छिटो उद्धारको काम सुरू गर्छौं,’ उनले सेतोपाटीसँग भने, ‘आज अध्याँरो भएको हुनाले रोक्यौं। टोली जहाँसम्म पुगेको छ त्यही उपयुक्त ठाउँ खोजेर बस्छ।’

प्रकाशित मिति: २०:४१ बजे, आइतबार, जेठ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्