Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी 

काठमाडौं, जेठ १५ : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ।आर्थिक वर्ष २०७९ ८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको...
पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी 

काठमाडौं, जेठ १५ : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ।

आर्थिक वर्ष २०७९ ८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन् । सरकारले उपभोक्तालाई राहत दिन तत्काललाई कर वा शुल्कमा छुट दिएर मूल्य घटाउन लागेको हो।

कुन कर वा शुल्क हटाउने भन्ने खुलाइएको छैन। पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर हटाउने सम्भावना धेरै छ। पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ।

यसैलाई हटाउने गृहकार्य भइरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ। यसबारे टुंगो लागेपछि आयल निगमले मूल्य घोषणा गर्नेछ।
 

प्रकाशित मिति: २०:३२ बजे, आइतबार, जेठ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्