Kathmandu Press

सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको छ : तारा एयर

काठमाडाैं, जेठ १५ : तारा एयरले सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको जनाएको छ। तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५...
सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको छ : तारा एयर

काठमाडाैं, जेठ १५ : तारा एयरले सम्पर्कविहीन वायुयानको खोजी कार्य भइरहेको जनाएको छ। तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो।

सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकाले खोजी कार्य भइरहेको जनाएको छ।

सम्पर्कविहीन वायुयान खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौषमका कारण उक्त हेलिकप्टर पुनः जोमसोम फर्किएको विज्ञप्तिमा उल्लेख छ। उक्त वायुयान खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौषम सुधार हुनासाथ खोजी कार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थलमार्गमार्फत सम्भावित घटनास्थलसम्म गइरहेको बताइएको छ। उक्त वायुयानमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना सवार रहेको सो एयरलाइन्सले जनाएको छ।

प्रकाशित मिति: १९:२६ बजे, आइतबार, जेठ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्