Kathmandu Press

लमजुङमा टिपर दुर्घटना हुँदा घटनास्थलमै चारको मृत्यु

लमजुङ, जेठ १५ : लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको छ। मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन...
लमजुङमा टिपर दुर्घटना हुँदा घटनास्थलमै चारको मृत्यु
Hardik ivf

लमजुङ, जेठ १५ : लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको छ। मध्यनेपालस्थित भोर्लेटारबाट आज दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

उनले भने, 'मध्यपहाडी लोकमार्गको उक्त टिपर सोही मार्ग निर्माणका लागि ढुङ्गा लोड गरेर ल्याउने क्रममा बाटो साँघुरोका कारण सडकबाट ३० मिटर तल खसेको छ।' धादिङ जिल्ला गजुरी गाउँपालिका घर भई सो मार्गमा काम गर्दै आएका उक्त सवारीका चालक अन्दाजी २७ वर्षीय  आकाश घिमिरेको मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीन जनाको सोही टिपरले च्यापिएर मृत्यु भएको छ। यतिबेला उनीहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। सबै जना सोही मार्गमा काम गर्ने मजदुर रहेको बताइएको छ। मृतक चार जनाकै शरीरको विभिन्न स्थानमा चोट लागेर मृत्यु भएको छ।

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्