Kathmandu Press

ताप्लेजुङ - दार्चुला ग्रेट हिमालयन ट्रेलमार्फ जोड्न ३३ करोड बजेट विनियोजन

काठमाडाैं, जेठ १५ : सरकारले ताप्लेजुङ–दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि ३३ करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/०८० आर्थिक वर्षको...
ताप्लेजुङ - दार्चुला ग्रेट हिमालयन ट्रेलमार्फ जोड्न ३३ करोड बजेट विनियोजन

काठमाडाैं, जेठ १५ : सरकारले ताप्लेजुङ–दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि ३३ करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/०८० आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ताप्लेजुङ–दार्चुला जोड्ने टे«लका लागि बजेट नियोजन गरेका हुन।

ग्रेट हिमालयन ट्रेल पर्यटकीय पदर्माग हो। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला हुँदै दार्चुला करिब एक हजार ७०० किलोमिटर भाग पर्छ। ग्रेट हिमालयन पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने सरकारको याजनाको रहेको छ। सोहीअनुसार यो बृहत् पदयात्रा मार्गका लागि विगतदेखि प्राथमिताका साथ सरकारले बजेट विनियोजन गर्दै आएको छ।

नेपालभित्र मुख्य १० क्षेत्रहरुलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा ल्याइएको हो। विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, मकालु वरुण, एभरेष्ट रोल्वालिङ, हेलम्बु लाङटाङ, गणेश हिमाल मनास्लु, अन्नपूर्ण मुस्ताङ, डोल्पा, रारा र जुम्ला, हुम्ला र सुदूरपश्चिमसम्म समेटेको छ। अहिले पदर्माग बनेसँगै पर्यटहरूको रोजाइमा समेत पर्दै गएको छ। अहिले विभिन्न भागमा विभाजन गरी पूर्वाधार निर्माण तथा प्रवद्र्धनको काम भइरहेको छ।

गत वर्षको बजेटमा सरकारले सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग रेखाङ्कन गरी पूर्वाधार निर्माण सुरु गर्ने कार्यक्रमलाई समेटेको थियो।

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, जेठ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्