बलात्कारकाे आराेपमा वडाध्यक्ष थुनामा
दमौली, माघ २४ : बलात्कारकाे आराेप लागेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई पुर्पक्षका लागि थुनामा राखिए....
दमौली, माघ २४ : बलात्कारकाे आराेप लागेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई पुर्पक्षका लागि थुनामा राखिएकाे छ ।
स्थानीय २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे । न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि थुनामा राखिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको उजुरी दिएकी थिइन् । उनले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी फरार रहेका थिए । उनले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।
प्रकाशित मिति: १०:५९ बजे, बिहीबार, माघ २४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१