Kathmandu Press

बूढानीलकण्ठ नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध

बूढानीलकण्ठ नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध

काठमाडौं, जेठ १५ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन्। 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् । नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिए। 

Hardik ivf

उनका अनुसार निर्विरोध निर्वाचित हुने पाँच महिला सदस्यमा नेकपा (एमाले)का उम्मेदवार रीता दाहाल, रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी), राममाया महर्जन र गोमा मग्रांन्ती रहेका छन् । यस्तै तीन दलित एवं अल्पसङ्ख्यक सदस्यका लागि चार जनाको उम्मेदवारी परेकाले निर्वाचन हुन लागेको निर्वाचन अधिकृत भट्टराईले बताए। 

अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामा विजयी भएकी थिइन् । यस्तै बूढानीलकण्ठका अधिकांश वडामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । बूढानीलकण्ठमा १३ वडा छन्। 

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्