Kathmandu Press

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

मोरङ, जेठ १५ : मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।गएराति को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना...
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

मोरङ, जेठ १५ : मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

गएराति को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी शान्तिराज कोइरालाले बताए।

उनका अनुसार कुन सवारी साधनसँग ठोक्किएको भन्ने एकीन भएको छैन। पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१९-००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये एउटासँग ठोक्किएको उनको भनाइ छ।

बस र ट्याक्टर तथा दुवैका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०८:४७ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्