Kathmandu Press

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडाैं, जेठ १४ : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ। मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको...
अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडाैं, जेठ १४ : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ। मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको यात्रुवाहक माइक्रोबस र प्रदेश३–०१–०२३च ०५३५ नंको कारमाथि करिब साढे ५ बजेतिर पहिरो खसेको हो।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोका चालक नवलपुर कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतोको हातमा सामान्य चोट लागेको हो। मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ।

अहिले साँझ ६ः३० बजेबाट एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०२ बजे, शनिबार, जेठ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्