Kathmandu Press

‘मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्छ’  

काठमाडौं, जेठ १४ : बागमती प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव...
‘मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्छ’  

काठमाडौं, जेठ १४ : बागमती प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताएका छन्। 

राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिकोत्सवका अवसरमा आयोगको बागमती प्रदेश कार्यालयद्वारा हेटौँडामा आज आयोजित कार्यक्रम शुभारम्भ गर्दै उनले  मानव अधिकार संरक्षणको सवालमा सबै एकजुट हुनुपर्ने  र राज्य सञ्चालन गरिरहेका व्यक्ति तथा निकायले आ–आफ्ना अधिकार तथा कर्तव्य बुझ्न सके सबै समस्या समाधान हुने उल्लेख बताए। घरपरिवार र समाजबाट राम्रो संस्कार र संस्कृतिको विकास गर्नसके समाजमा कुनै खालको घटना नहुने सभामुख श्रेष्ठको भनाइ थियो ।
 
सोही प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री शन्त प्रजाले नागरिकको मानव अधिकार संरक्षणको सवालमा कुनै किसिमको भेदभाव गर्न नहुने बताए।आयोगका प्रादेशिक प्रमुख यज्ञप्रसाद अधिकारीले द्वन्द्वका बेलामा नागरिकको सुरक्षाका लागि आयोगले निर्वाह गरेको भूमिकाबारे चर्चा गरे

हेटौँडा उमहानगरपालिकाका प्रमुख मीना लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मानव अधिकारका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गरे। 

प्रकाशित मिति: १६:२६ बजे, शनिबार, जेठ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्