Kathmandu Press

मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना

मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना

काठमाडौं, जेठ १४ : मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि एक लाख रुपैयाँ राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ।

सुखी नेपालीको राष्ट्रिय आकांक्ष प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माणका लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गरिने संस्थाले जनाएको छ।

यस वर्ष समाज परिर्वतन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्ति÷संस्थालाई प्रदान गर्ने भएकाले राष्ट्रिय पुरस्कारको लागि आवेदन आह्वान गरिएको फाउण्डेशनका सचिव पेमा लामाले बताए।

वि.सं २०६८ देखि हरेक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्ती (असार १४ गते) को अवसरमा एक लाख रुपैयाँ राशिकै मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान हुँदै आएको छ ।

यस वर्ष राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कृषि क्षेत्रमा नवीन प्रयोग गरेको व्यक्ति/संस्थालाई प्रदान गर्ने निर्णय भएकाले आवेदन माग गरिएको छ ।

प्रकाशित मिति: ११:१० बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्