Kathmandu Press

लोमान्थाङमा सुरु भयो तिजी

मुस्ताङ, जेठ १४ : मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको तिजी पर्व सुरु भएको छ। लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर...
लोमान्थाङमा सुरु भयो तिजी

मुस्ताङ, जेठ १४ : मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको तिजी पर्व सुरु भएको छ। लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अंकित ठूलो थांका प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व सुरु भएको हो।

दुई तले घर बराबरको उचाइ भएको थांका वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ ।
    
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका १० वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथीदेखि तीन दिन तिजी पर्व मनाउने गर्दछन् । तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व हो।

Hardik ivf

दुई पालिकाका बासिन्दाका साथै तिजी मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य छेवाङ रिङजिङ गुरुङले बताए। तिजी संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको उनले बताए।

लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने गरिन्छ।

तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो । पोल्याण्डका दुई जना पर्यटक ल्याएर आएका हिमालयन वन्डर कम्पनीका पथप्रदर्शक कर्साङ शेर्पाले तिजी पर्व अवलोकनका लागि मात्र लोमान्थाङ आउने पर्यटक धेरै भएको उनको भनाइ छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले तिजी पर्व अवलोकनका लागि ३०० भन्दा बढी विदेशी पर्यटक आएको बताए। स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका होटल भरिभराउ छन् ।

यसअघिका दुई वर्षमा कोरोना भाइरसको महामारीका कारण पूजाआजा मात्र गरेर तिजी मनाएका थिए । पर्यटक आएका थिएनन् । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीलगायत विशिष्ट पाहुनाले पनि तिजी पर्व अवलोकन गरेको गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट बताउँछन्।

प्रकाशित मिति: ११:०३ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्