Kathmandu Press

काठमाडौं विश्वविद्यालयका १७ सय विद्यार्थी दीक्षित हुँदै

काठमाडौं विश्वविद्यालयका १७ सय विद्यार्थी दीक्षित हुँदै

काठमाडौं, जेठ १४  : काठमाडौं विश्वविद्यालयका २७ औं दीक्षान्त समारोहमा विभिन्न संकाकायका गरी एक हजार ७ सय १२ जना विद्यार्थी दीक्षित हुने भएका छन्।  जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् ।

कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।

Hardik ivf

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १ सय ५७ रहेका छन् ।

कार्यक्रममा पाँच जनालाई काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौं दीक्षान्त समारोहसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार ३ सय ३६ उत्तीर्ण हुनेछन् ।

प्रकाशित मिति: १०:२९ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्