Kathmandu Press

बटलरको शतकले राजस्थान रोयल फाइनलमा

बटलरको शतकले राजस्थान रोयल फाइनलमा

काठमाडौं, जेठ १४ : जोस बटलरले शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गर्दै राजस्थान रोयल्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको दोस्रो क्वालिफायरमा बैग्लोरलाई सात विकेटले पराजित गर्दै राजस्थान फाइनलमा प्रवेश गरेको हो। राजस्थान १४ वर्षपछि फाइनलमा पुगेको हो। यसअघि २००८ मा उपाधि जितेको थियो।

Hardik ivf

अहमदाबादमा बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।

राजस्थानका लागि बट्लरले अविजित १०६ बनाए। उनले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे। त्यस्तै, कप्तान सञ्जु सामसनले २३ र याशभी जैशवालले २१ रन बनाए।

बैंग्लोरका जोश हाजलउडले दुई र वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंग्लोरले आठ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। बैंग्लोरका रजत पटिदारले ५८, फाप डु प्लेसिसले २५ र ग्लेन म्याक्सवेलले २४ रन बनाए।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले तीन–तीन विकेट लिए। ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले १–१ विकेट लिए।

राजस्थानले अब उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै पराजित गरेर फाइनलमा प्रवेश गरेको हो।

प्रकाशित मिति: ०७:५० बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्