Kathmandu Press

स्थानीय निर्वाचन सोचेभन्दा राम्रो भयो : आयुक्त डा तुलाधर

स्थानीय निर्वाचन सोचेभन्दा राम्रो भयो : आयुक्त डा तुलाधर

काठमाडाैं, जेठ १३ : निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन सोचेभन्दा राम्रोरुपमा सम्पन्न भएको बताएकी छिन।

स्थानीय तह निर्वाचनका लागि सञ्चालित इ–बुलेटिन प्रकाशन र निर्वाचनमा सूचना र सञ्चारको सम्प्रेषणका सम्बन्धमा आज आयोगमा आयोजित समीक्षा बैठकमा आयुक्त डा तुलाधरले छिटपुट घटनाबाहेक मुलुकभर एकैपटक स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्णरुपमा सम्पन्न हुनुमा सबैको सफलता भएको बताइन। उनले निर्वाचन सफल तुल्याउन सबै सञ्चारमाध्यम, कर्मचारी संयन्त्र र सञ्चार टिमको सक्रिय भूमिकाको प्रशंसा गर्दै प्राप्त पृष्ठपोषणका आधारमा आगामी दिनमा एकीकृत, सरल, पहुँचयोग्य र प्रभावकारीरुपमा सूचना सम्प्रेषणको प्रबन्ध गरिने जनाइन।

Hardik ivf

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी सूचना र तथ्याङ्कलाई आफूले सकेसम्म भरपर्दाे र समयबद्धरुपमा सम्प्रेषण गरेको र यस निर्वाचनको अनुभवका आधारमा आगामी दिनमा थप प्रभावकारी प्रवाह गरिने बताइन। बैठकमा आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराई, तुलसीबहादुर श्रेष्ठ, उपसचिव कमल भट्टराई, आदेश खड्का, बुलेटिन प्रकाशन समितिका सदस्यको सहभागिता थियो। सो प्रयोजनका लागि आयोगले सञ्चारसम्बन्धी विज्ञका साथै रासस र गोरखापत्र दैनिकका प्रतिनिधिलाई अल्पकालीनरुपमा परिचालन गरेको थियो।

आयोगबाट गत वैशाख १ गतेदेखि यही जेठ १२ गतेसम्म गरी बुलेटिनका ४३ औँ अङ्कसम्म प्रकाशन भई आजदेखि बन्द गरिएको छ। सो बुलेटिन प्रकाशन समितिको संरक्षकमा आयोगका सचिव गोकर्णमणि दुवाडी र संयोजकमा सहसचिव पौडेल रहेका थिए। स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)का कार्य पनि आजैदेखि बन्द गरेको छ।

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्