Kathmandu Press

गलत योजनाले पाकिस्तानमा खाद्यान्न अभावमा

इस्लामावाद, जेठ १३ : पाकिस्तानमा कृषि स्रोतहरूको अविवेकी योजना र कुप्रबन्धनले देशमा चरम खाद्य अभाव देखिएको छ। ग्रामीण क्षेत्रमा जनसङ्ख्याको ठूलो हिस्सा भोकमरीमा...
गलत योजनाले पाकिस्तानमा खाद्यान्न अभावमा

इस्लामावाद, जेठ १३ : पाकिस्तानमा कृषि स्रोतहरूको अविवेकी योजना र कुप्रबन्धनले देशमा चरम खाद्य अभाव देखिएको छ। ग्रामीण क्षेत्रमा जनसङ्ख्याको ठूलो हिस्सा भोकमरीमा छ।

अधिकार र सुरक्षाका लागि अन्तरराष्ट्रिय फोरमले जनाएअनुसार देशमा खाद्य असुरक्षाका लागि जिम्मेवार विभिन्न कारकहरूमध्ये मुद्रास्फीति र भ्रष्टाचार गम्भीर चिन्ताको विषय बनेका छन्। पाकिस्तानको घट्दो आम्दानीसँगै खाद्यान्नको मूल्यमा भएको वृद्धिले धेरै पाकिस्तानीहरूलाई खाद्यान्नमा असुरक्षित बनाएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार किफायती पोषण आहार प्राप्त गर्नको लागि सबैभन्दा ठूलो चुनौती देखिएको छ।  

Hardik ivf

डब्ल्युएफपीको अनुसार लगभग ४३ प्रतिशत पाकिस्तानीहरू खाद्यन्नमा असुरक्षित छन्।
गम्भीर कृषि (नीति निर्माण) संस्था र राम्रो सरकारको अभावले पनि पाकिस्तानमा खाद्य सुरक्षामा बाधा पुगेको छ। यसबाहेक देश सन् २०२१ मा भ्रष्टाचार धारणा सूचकाङ्कमा १८० देशहरूमध्ये १४०औँ स्थानमा छ।

पाकिस्तानमा निरन्तर खाद्य असुरक्षालाई बढाउने अन्य कारकहरू मध्ये क्षेत्रीय र वातावरणीय कारकहरूसँग सम्बन्धित छन्। देशका धेरै जमिनहरू अर्ध-सुक्खा र जर्जर छन् जहाँ सजिलै खेती गर्न सकिँदैन।

अघिल्लो वर्षको अक्टोबरमा एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) द्वारा गरिएको अध्ययन अनुसार पाकिस्तानका तीन प्रान्तहरू बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रतिकूल खाद्य असुरक्षा, गरिबी र कुपोषणको चपेटामा परेका छन्। खाद्यान्नको उच्च मूल्य, वर्षाको अभाव, खडेरी र पशुजन्य रोगले पाकिस्तानमा खाद्य असुरक्षा थपिएको छ।
यसैगरी पाकिस्तानको तटीय क्षेत्रहरूमा समुद्री पानीको घुसपैठले पनि पाकिस्तानमा खाद्य सुरक्षालाई खतरामा पारेको छ। समुद्री पानीले उर्वर कृषि भूमिको उत्पादकत्व घटाउँछ। खाद्यान्न अभाव र अन्य आर्थिक समस्याहरू निम्त्याउँछ र यसले पशुधन, वनस्पति, जमिन र अन्य धेरै प्राकृतिक स्रोतहरूको जीर्णतालाई थप मलजल गर्छ।

खाद्य असुरक्षाले महिला, बालबालिका र ग्रामीण घरपरिवारमा सामाजिक-आर्थिक असमानता निम्त्याएको छ र खाद्य असुरक्षा बढ्दो छ।

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्