Kathmandu Press

बुर्किनाफासो आक्रमणमा ५० जना मारिए

औगादगु, जेठ १३ : गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ। पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक...
बुर्किनाफासो आक्रमणमा ५० जना मारिए

औगादगु, जेठ १३ : गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ। पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो। त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन्।
 
यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन्। उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरुले बुधबार यो नरसंहार गरेका हुन्।सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो। अरु कैयौँ घाइते पनि भएका थिए।

बुर्किना फासोमा गएका केही वर्षयतादेखि सुरक्षाको अवस्था नाजुक बन्दै गएको छ। जसका कारण यहाँ दैनिक रुपमै नागरिकले ज्यान गुमाउनु परिरहेको छ।

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, जेठ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्