Kathmandu Press

करेन्ट लागेर एकको मृत्यु

इनरूवा, जेठ १३ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जीवानन्द...
करेन्ट लागेर एकको मृत्यु
Hardik ivf

इनरूवा, जेठ १३ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जीवानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अपताल इनरुवा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुशन्धान भइरहेको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ।

प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्