Kathmandu Press

महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ 

काठमाडौं, जेठ १३ : प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। एक जना भने नेपाल प्रहरीका वहालवाला...
महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ 

काठमाडौं, जेठ १३ : प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन्। 

विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ। 

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरङ्ग तस्वीहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्यासमेत गरेको दावी गरिएको छ। 

कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरङ्गका तस्वीर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ । काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्। 

प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, जेठ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्