Kathmandu Press

बैतडीमा विद्युतीय राहदानी सेवा सुरु

बैतडी, जेठ १३ : जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट  सेवा सुरु गरेको छ। एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरु गरिएको जिल्ला प्रशासन...
बैतडीमा विद्युतीय राहदानी सेवा सुरु

बैतडी, जेठ १३ : जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट  सेवा सुरु गरेको छ। 

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र  भारतीले जानकारी दिए । ई–पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाण्डौँ जानुपर्ने यहाँका नागरिकको बाध्यता हटेको हो।

Hardik ivf

अब वैदेशिक रोजगारिमा जानेले जिल्ला  प्रशासन कार्यालयमा तीन हप्ताभित्र राहदानी  पाउने  र  विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले पाँच हजार शुल्क तिर्नुेपर्नेछ।

यस्तै विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाईएको छ । राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब भने तीन हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो। यहाँबाट काठमाडौँ गएर राहदानी बनाउनुपर्दा जिल्लावासीलाइ निकै अप्ठ्यारो र सारै खर्चिलो हुने गरेकामा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो। 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्