Kathmandu Press

‘शहीद तथा घाइतेका बारेमा नीति तथा कार्यक्रम बोल्न सकेको छैन’

काठमाडौं, जेठ १३ : राष्ट्रियसभाका सदस्यले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गताका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश नगरिएको...
‘शहीद तथा घाइतेका बारेमा नीति तथा कार्यक्रम बोल्न सकेको छैन’

काठमाडौं, जेठ १३ : राष्ट्रियसभाका सदस्यले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गताका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश नगरिएको भन्दै टिप्पणी गरेका छन्। 

राष्ट्रियसभाको आजको बैठकमा सांसद महेशकुमार बोहराले संविधानको मर्मअनुरुप समाजवाद राज्य व्यवस्था उन्मुख नीति तथा कार्यक्रम हुन नसकेको टिप्पणी गर्दै कृषिसम्बन्धी मलखादका बारेमा सही समाधानको बाटो खोज्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुन नसकेको बताए। उनले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पु¥याउने महान् शहीद तथा घाइते अपाङ्गता भएकाका बारे नीति तथा कार्यक्रम बोल्न नसकेको उल्लेख गरे।

Hardik ivf

सांसद हीरादेवी गौतमले कृषकले सहज र समयमै मल पाउन नससकेको अवस्थामा नीति तथा कार्यक्रमले ठोस कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्दै गरीब तथा विपन्न परिवारप्रति वर्तमान सरकार गम्भीर हुन नसकेको बताए । सांसद सिन्धुबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले तल्लो तहका जनसमुदायलाई सम्बोधन गरेको भन्दै सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा उत्पीडित समुदाय, वैदेशिक रोजगारीलगायतका विषयलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनु सकारात्मक भएको टिप्पणी गरे।

सांसद वीना पोखरेलले नीति तथा कार्यक्रममा समावेशी सबै विषयलाई बजेटले समेट्न सक्नुपर्ने बताइन्। सांसद शारदादेवी भट्टले मुलुकमा व्याप्त महिला हिंसा अन्त्यका निम्ति नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरिन्। सांसद राजेन्द्रलक्ष्मी गैरेले खानेपानी, नालीको व्यवस्था, बाटोको व्यवस्थासहितको सहरी बस्ती निर्माण हुनुपर्ने बताइन्। आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।  

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र आजका लागि तोकिएको थियो।  

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्