२ सयले बढ्यो सुनको मूल्य
काठमाडौं, जेठ १३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा...
काठमाडौं, जेठ १३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १०ले बढेर रु एक हजार २८० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५३ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











