Kathmandu Press

मधेशका पाँच जिल्ला कारागारलाई पुस्तक र फर्निचर प्रदान

काठमाडौं, जेठ १३ : मधेस प्रदेश सरकारले प्रदेशका पाँचवटा जिल्ला कारागारलाई आज पुस्तक तथा फर्निचर उपलब्ध गराएको छ । प्रादेशिक गृह तथा सञ्चार मन्त्रालयमा...
मधेशका पाँच जिल्ला कारागारलाई पुस्तक र फर्निचर प्रदान

काठमाडौं, जेठ १३ : मधेस प्रदेश सरकारले प्रदेशका पाँचवटा जिल्ला कारागारलाई आज पुस्तक तथा फर्निचर उपलब्ध गराएको छ । प्रादेशिक गृह तथा सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका लागि पुस्तक तथा फर्निचर हस्तान्तरण गरेका छन्। 
    
मन्त्री साहले कारागारका कैदीबन्दीको समय सदुपयोग होस् र जेल जीवनबाट फर्किएपछि पुनः नयाँ शिराबाट जीवन सुरुआत गर्न सकुन् भन्ने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको बताए । 

कैदीबन्दीको जीवनमा प्रभाव पार्नसक्ने जीवनोपयोगी पुस्तक तथा पुस्तकको संरक्षणका लागि चाहिने आवश्यक फर्निचरलगायत सामग्री कारागार प्रशासनलाई उपलब्ध गराएको उनको भनाइ थियो। 

पाँचवटै जिल्ला कारागारलाई २५२ प्रकारको जीवन उपयोगी पुस्तक, एक थान अफिस टेबल, २० थान प्लाष्टिक कुर्सी, तीन थान रिमल्भिङ कुर्सी तथा पाँच थान दराजका दरले सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए। 

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, जेठ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्