Kathmandu Press

डुडुवा गाउँपालिकाको खर्च कटौती गरिने

नेपालगञ्ज, जेठ १३ : बाँकेको डुडुवा गाउँपालिकाले  खर्च कटौती गर्ने भएको छ। गाउँपालिकाको आन्तरिक स्रोत कमजोर भएको जनाउँदै कार्यसम्पादन क्षमता कमजोर भएका करार कर्मचारीको...
डुडुवा गाउँपालिकाको खर्च कटौती गरिने
Hardik ivf

नेपालगञ्ज, जेठ १३ : बाँकेको डुडुवा गाउँपालिकाले  खर्च कटौती गर्ने भएको छ। गाउँपालिकाको आन्तरिक स्रोत कमजोर भएको जनाउँदै कार्यसम्पादन क्षमता कमजोर भएका करार कर्मचारीको कटौती गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिए। 
    
‘विभिन्न कर्मचारीमध्ये कार्यसम्पादन क्षमता कमजोर भएका केही कर्मचारीको सम्झौता अन्त्य गर्ने नीतिगत निर्णय भएको हो,’ उनले भने । निर्वाचित भएपछि कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको आर्थिकभार कम गर्न खर्च कटौती गर्ने नीतिगत निर्णय भएको जानकारी दिए। उनले खर्च कटौतीसँगै गाउँपालिकाको आन्तरिक स्रोत वृद्धिका लागि आवश्यक पहल गर्ने उल्लेख गर्दै जनताको जीवनस्तर माथि उकास्न पहिलो प्राथमिकता दिने जानकारी दिए। 

अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरीयता तथा प्रभावकारी सेवा प्रवाहमा कन्जुस्याइँ नगर्ने स्पष्ट पारे ।गत वैशाख ३० गते सम्पन्न निर्वाचन अन्तर्गत उहाँ दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्