Kathmandu Press

बागलुङमा आगलागी हुँदा घर  नष्ट

बागलुङ, जेठ १३ : बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा  आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।  गए राति विद्युत् सर्ट हुँदा भएको...
बागलुङमा आगलागी हुँदा घर  नष्ट
फाइल तस्बिर
Hardik ivf

बागलुङ, जेठ १३ : बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा  आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।  गए राति विद्युत् सर्ट हुँदा भएको  आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ। 

रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए।  राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो। आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। 

आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउ रानाले बताए। 

प्रकाशित मिति: ११:०१ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्