Kathmandu Press

रड प्रहार गरी श्रीमतीकाे हत्या

माेरङ, जेठ १२ : आफ्नै श्रीमतीकाे हत्या गरेकाे आराेपमा प्रहरीले जहदा गाउँपालिका–२ का ४३ वर्षीय दिनेश कुमार राजभर पक्राउ गरेकाे छ। ३५ वर्षीया...
रड प्रहार गरी श्रीमतीकाे हत्या

माेरङ, जेठ १२ : आफ्नै श्रीमतीकाे हत्या गरेकाे आराेपमा प्रहरीले जहदा गाउँपालिका–२ का ४३ वर्षीय दिनेश कुमार राजभर पक्राउ गरेकाे छ। ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले राजभरलाई पक्राउ गरेको हाे।

घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरेकाे प्रहरीले जनाएकाे छ। हत्यापछि उनी फरार रहेका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान थालेकाे छ।

प्रकाशित मिति: १९:५४ बजे, बिहीबार, जेठ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्