Kathmandu Press

विदेशी मुद्राको अभावमा लेबनानका अस्पतालहरू बन्द हुने खतरामा

बेरुत, जेठ १२ : लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका यहाँका अनलाइन...
विदेशी मुद्राको अभावमा लेबनानका अस्पतालहरू बन्द हुने खतरामा

बेरुत, जेठ १२ : लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका यहाँका अनलाइन सञ्चार माध्यमहरूले बिहीबार बताएका छन्।

'अहिले बैंकहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्,' नीजि अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले भने।

लेबनानको केन्द्रीय बैंक नजिकै अस्पतालका प्रतिनिधिहरूले गरेको विरोध सभामा बोल्दै हारुनले तरलता अभावका कारण अस्पतालले आफ्ना श्रमिकको अधिकार सुरक्षित गर्न नसकेको पनि उल्लेख गरे।

उनले ‘सेन्ट्रल बैंक अफ लेबनान’लाई स्वास्थ्य क्षेत्रलाई आउनै लागेको सङ्कटबाट बचाउन बैंकहरूमा अस्पतालको कोष जारी गर्न आग्रह गरे।

लेबनानमा चलिरहेको अभूतपूर्व आर्थिक सङ्कटले गर्दा केन्द्रीय बैंकले अमेरिकी डलर निकासीमा व्यापक नियन्त्रण गर्न बाध्य भएको छ र यसले व्यापार तथा व्यक्ति विशेष दुवैलाई बृहत् प्रभाब परेको छ।

प्रकाशित मिति: १८:५० बजे, बिहीबार, जेठ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्