Kathmandu Press

युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै

युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै

कीभ, जेठ १२ : रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ। युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन्।

तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्णनियन्त्रण खोस्ने प्रयास गरिरहेको छ। डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यसमा पर्छन्।

रुसले सिभिएरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौंँ सेना परिचालन गरेको छ। क्रेमलिनको युद्धको मुख्य उद्देश्य नै सम्पूर्ण लुहान्स्क प्रान्तलाई रूसी नियन्त्रणमा लिनु हो।  

'अब सबै कुरा डोनबासमा केन्द्रित छ,' युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले भनेका छन्। पच्चीस रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको उनले बताए।

उक्त क्षेत्रका ४० भन्दा बढी शहरमा गोलाबारी गरेको र ३८ घर र एउटा विद्यालयसहित ४७ नागरिकस्थललाई ध्वस्त पारेकोे युक्रेनको सशस्त्र सेनाको संयुक्त कार्यदलले रुसीहरूले बताएको छ। गोलाबारीका क्रममा पाँच नागरिकको मृत्यु भएको १२ घाइते भएका छन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वका केही भागमा युक्रेनी सेनाभन्दा रुसी सेनाको सङ्ख्या धेरै रहेको र कीएभले मस्कोसँग कैदी आदानप्रदानको व्यवस्था गर्न असफल भएको बताएका छन।

 

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, जेठ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्