भारतमा दुई हजार ६२८ मा कोरोना सङ्क्रमण
नयाँ दिल्ली, जेठ १२ : भारतमा २४ घण्टाको अवधिमा दुई हजार १२४ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे छ। याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या...
नयाँ दिल्ली, जेठ १२ : भारतमा २४ घण्टाको अवधिमा दुई हजार १२४ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे छ। याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या चार करोड ३१ लाख ४४ हजार ८२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १८ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ५२५ पुगेको छ।
यस समयमा भारतमा ४३ सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४१४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ९७७ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २६ लाख चार हजार ८८१ लाई कोरोना सङ्क्रमण निको भएको छ।
प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












