Kathmandu Press

कञ्चनपुरका पालिकामा राना थारु समुदायको उपस्थिति सम्मानजनक

कञ्चनपुर, जेठ १२ : कञ्चनपुरको राना थारु बाहुल्य क्षेत्र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मला राना निर्वाचित भए। स्थानीय तहको निर्वाचन अघि आफ्नो समुदायको पनि उपस्थिति...
कञ्चनपुरका पालिकामा राना थारु समुदायको उपस्थिति सम्मानजनक

कञ्चनपुर, जेठ १२ : कञ्चनपुरको राना थारु बाहुल्य क्षेत्र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मला राना निर्वाचित भए। स्थानीय तहको निर्वाचन अघि आफ्नो समुदायको पनि उपस्थिति हुनुपर्ने मागअघि सारेका राना थारु समुदायका नागरिक पालिकामा सम्मानजनक उपस्थितिले हर्षित छन्।

‘छ वडामा यहाँ तीन वडाध्यक्षसहित राना थारुको उपस्थिति सम्मानजनक छ,’ अध्यक्ष रानाले भने, ‘प्रतिनिधित्व भएअनुसारको काम पनि देखाउने छौँ ।’ मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदाय यहाँको कृष्णपुुर, लालझाडी, बेल्डाडीमा पालिका अध्यक्ष तथा उपप्रमुखको जिम्मेवारीमा आएका छन्।

Hardik ivf

‘वडाध्यक्ष त प्रायः पालिकामा राना थारु समुदायका नागरिक आएका छन्,’ उनले भने, ‘अघिल्लो निर्वाचनभन्दा यसपटक हाम्रो नेतृत्वदायी उपस्थिति पनि छ ।’ लालझाडी गाउँपालिकाका अध्यक्ष राना यसअघिको पालिकाको निर्वाचनमा पराजित भएका थिए । उनले पालिकाको विकास निर्माण र जनताको हकहितका लागि योजना बनाएर अघि बढ्ने बताए। 

सात पालिका र दुई नगरपालिका रहेको कञ्चनपुरमा दुवै पालिकाको अध्यक्षमा राना समुदायका छन् । यहाँको कृष्णपुर र बेलौरी नगरपालिकामा उपप्रमुख र लालझाडी गाउँपालिकामा राना समुदायले उपाध्यक्षको जिम्मेवारी पाएको छ । त्यसैगरी बेल्डाडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले थारु समुदायको स्थानीय तहमा उपस्थिति उत्साहजनक रहेको बताए। 

‘नेतृत्वमा आउन लगन र इमान्दार भएर आउँदा जुनसुकै समुदाय वर्ग पनि सफल हुन्छ,’ अध्यक्ष रानाले भने, ‘थारु समुदायलाई माथि ल्याउन शिक्षाको महत्व बझाउन जरुरी छ ।’ उनले राना थारु समुदायका बालबालिकालाई शिक्षा आर्जनमा प्रोत्साहन गनुपर्ने खालका प्याकेज ल्याउन आवश्यक रहेको बताए। 

‘कला, संस्कृति संरक्षण र राम्रा परम्परागत प्रथाको जगेर्नाका लागि पनि बजेटमार्फत सम्बोधन गछौँ,’ उनले भने, ‘समग्र पालिकाको विकास हाम्रो प्राथमिकता हो ।’ नेपाली कांग्रेस कञ्चनपुरका उपसभापतिसमेत रहेका पालिका अध्यक्ष रानाले दुई दशक शिक्षण पेशा अगालेर राजनीतिमा आएको बताए। 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्