Kathmandu Press

टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघ, जेठ १२ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन्।उनले भनेका छन्– म त्यहाँको...
टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघ, जेठ १२ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन्।उनले भनेका छन्– म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट स्तब्ध भएको छु ।

सो गोलीकाण्ड र त्यसमा पनि बालबालिका मारिएको दृश्यले मलाई निकै दुःखी बनाएको छ, उनका प्रवक्ताद्वारा जारी गरिएको सो विज्ञप्तिमा बताइएको छ।

Hardik ivf

अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा मङ्गलबार भएको गोली काण्डमा परी १८ जना बालबालिकासहित २१ को ज्यान गएको थियो ।यस घटनाको विश्वमा नै निन्दा गरिएको छ। अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी २१ को ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ। 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्