भोटो जात्राको साइत जेठ २१ गते
काठमाडाैं, जेठ ११ : रातो मच्छिन्द्रनाथको रथ आउँदा जेठ १८ गते जावलाखेलमा तानिने भएको छ।यससँगै भोटोको जात्राको साइत पनि जेठ २१ गतेलाई तय भएको...
काठमाडाैं, जेठ ११ : रातो मच्छिन्द्रनाथको रथ आउँदा जेठ १८ गते जावलाखेलमा तानिने भएको छ।
यससँगै भोटोको जात्राको साइत पनि जेठ २१ गतेलाई तय भएको छ । हाल रथ लगनखेल नजिक रहेको इतिटोलमा रहेको छ । पाटनको मंगः हिटीको फल्चामा रहेर चार ज्योतिषले रथ तान्ने साइत निकाल्ने गर्छन्।
रथ तानेर लगेको चार दिन पछि भोटो जात्रा गरी विधिवत् रुपमा सम्पन्न हुन्छ । रातो मच्छिन्द्रनाथको रथजात्रा गत बैशाख २१ गतेबाट सुरु भएको थियो।
प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











