Kathmandu Press

कामपाको मतगणना अन्तिम चरणमा

काठमाडौं, जेठ १२ : काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं...
कामपाको मतगणना अन्तिम चरणमा

काठमाडौं, जेठ १२ : काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ।

बत्तीस वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ। 

अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ। त्यसैगरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डङ्गोलको जीत हुने देखिएको छ।  

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, जेठ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्