Kathmandu Press

धनुषा र सिरहामा लोसपालाई निराशा

धनुषा, जेठ १२ : धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषाका १८ तथा...
धनुषा र सिरहामा लोसपालाई निराशा

धनुषा, जेठ १२ : धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषाका १८ तथा सिरहाका १७ पालिकामध्ये लोसपाले एउटा पनि जित्न नसक्दा नेता तथा कार्यकर्ता निराश भएका छन् ।

धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन ।

Hardik ivf

पार्टी विभाजनको असर, पार्टीभित्रको अन्तरसङ्घर्ष तथा टिकट वितरणमा भएको किचलो जस्ता कारणले लोसपाले धनुषा र सिरहाका कुनै पालिकामा जित्न नसकेको जनकपुरधाम उपमहानगरपालिका–४ का सुधीर साहले बताए।

‘समयमा उपयुक्त उम्मेदवार तय गरी चुनाव जित्ने रणनीतिका साथ पार्टी गएको भए यस्तो नराम्रो परिणाम आउने थिएन‘, उनले भने, ‘यसमा लोसपाका नेताहरूबाट धेरै कमी–कमजोरी भएका छन्, परिणामस्वरुप निराशाजनक परिणाम आएको हो ।’

सर्वसाधारण मात्र होइन, स्वयं लोसपाका नेतासमेत आफ्नै कमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीर्काछन् । ‘यस्तो परिणाम आउँछ जस्तो लागेको थिएन’, लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले भने, ‘यो परिणामबाट हामी आश्चर्यमा परेका छौँ ।’जसपाबाट केही समयअघि मात्रै अलग भएको र बीचमा संगठनलाई जसरी लैजानुपर्ने थियो त्यसरी नसक्दा तथा टिकट वितरणमा भएको कमजोरीले हार बेहोर्नुपरेको उनेको भनाइ छ।

प्रकाशित मिति: १०:२५ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्