एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु
सिन्धुपाल्चोक, जेठ १२ : सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ।गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित...
सिन्धुपाल्चोक, जेठ १२ : सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ।
गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो। दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो। एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











