भारतीय ट्रकले ठक्कर दिँदा एकको मृत्यु
बाँके, जेठ ११ : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा आज यहाँ एक जनाकोे मृत्यु भएको छ। नेपालगञ्जबाट...बाँके, जेठ ११ : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा आज यहाँ एक जनाकोे मृत्यु भएको छ। नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नंको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। सो घटनापछि केहीबेर सडक जाम भएको थियो।
प्रकाशित मिति: २०:०० बजे, बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिम सरकार विवाद सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुनेमंगलबार, वैशाख २५, २०८१
समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेलमंगलबार, वैशाख २५, २०८१
जसपा मधेस संसदीय दलको बैठकमा तीनजना सांसद अनुपस्थितसोमबार, वैशाख २४, २०८१
हतियार देखाएर जनकपुरधाममा ८० लाख लुटपाटसोमबार, वैशाख २४, २०८१