Kathmandu Press

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

कर्णाली, जेठ ११ : कर्णाली प्रदेशमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज...
गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन
Hardik ivf

कर्णाली, जेठ ११ : कर्णाली प्रदेशमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन समिति गठन गरेको हो।  

समितिमा प्रदेश मन्त्रीहरु, प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, नेपाली सेनाको पश्चिम कमाण्डपति, प्रदेश सचिवहरु, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल ६ नं महेश्वरी वाहिनीपति, प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक, अनुसन्धान निर्देशक, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य तथा प्रदेश सचिव प्रेमप्रसाद आचार्य सदस्यसचिव रहेका छन।

बैठकले जेठ १४ गते सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा फहराउने, मुख्य बजार सरसफाइ गर्ने, जेठ १५ गते बिहान ७ बजे मङ्गलगढी चोकदेखि पीपलचौतारी हुँदै प्रभातफेरी गरी सुर्खेत सभाहलमा पुगेर समारोह आयोजना गर्ने, जेठ १६ गते अन्तरसंवादको आयोजना गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:४९ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्