एमालेको पराजयप्रति नायिका करिश्माको दुखेसो, भन्छिन्–जनताले नयाँ प्रतिनिधि छाने
काठमाडौं, जेठ ११ : नेकपा एमाले नेतृ समेत रहेकी अभिनेत्री करिस्मा मानन्धरले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने बताएकी छन् ।उनले सामाजिक सञ्जालमा एक...
काठमाडौं, जेठ ११ : नेकपा एमाले नेतृ समेत रहेकी अभिनेत्री करिस्मा मानन्धरले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा एक स्टाट्स पोष्ट गर्दै जनताले आफ्नो भविष्य देखेको तिर नै मत दिने धारणा राखेकी हुन् । उनले मेयरमा बालेन साह र उपमेयरमा सुनिता डङ्गोल काठमाडौंबासीको रोजाई भएको भन्दै बधाई समेत दिएकी छिन् ।
उनले लेखेकी छिन्,‘जनमतको क्रममा ठुला दल अत्यन्तै सानो भएर खुम्चिनु, अनि सानो दल ठूलो जनमतले अचानक आगाडी आउने घटनालाई , जनताले लोकप्रिय र विकास् उन्मुख पार्टी रोजेछ भन्न सकिन्छ । तर यो स्थानीय चुनावमा तेसो भएको होइन । यो चुनावको परिणाम मिश्रित छ।’
उनले नेपाली कांग्रेसलाई गठबन्धन गरेर पनि आंशिक रुपमा पहिलो बनेतापनि नेकपा एमाले एक्लै पनि दोश्रो बन्न सफल भएको भन्दै आफ्नो पार्टीको बचाउ गरेकी छिन् ।
जनताको चाहाना नयाँ उम्मेदवारहरु तर्फ झुकेको भन्दै विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिने उनको भनाइ छ ।











