एक हजार २२२ एम्पुल लागूऔषधसहित चार पक्राउ
काठमाडाैं, जेठ ११ : नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी...
काठमाडाैं, जेठ ११ : नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन्। पक्राउ परेका चारैजनालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागु औषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: १९:१३ बजे, बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











