Kathmandu Press

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

बागलुङ, जेठ ११ : वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका यहाँ एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ।बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय...
वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

बागलुङ, जेठ ११ : वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका यहाँ एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो। उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडाैंले दुई वर्ष पहिले सजाय सुनाएको थियो। शर्मालाई एक वर्ष पाँच महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।

सोही दिनदेखि शर्मा फरार थिए। फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले आज घरबाटै पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाएको जिप्रकाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्