Kathmandu Press

अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति

अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति
Hardik ivf

कञ्चनपुर, जेठ ११ : कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरभित्रका दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेकाे छ।

आज पदभार ग्रहण गर्दै उनले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने बताए। नगरभित्रका स्वास्थ्य संस्थाबाट अन्यत्र उपचारका लागि पठाउनुपर्ने सुत्केरी र अशक्त बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गर्ने निर्णय गरिएको छ। थारू समुदायको परम्परागत कालदेखि प्रचलनमा रहेको भल्मन्सा, वडघर प्रथालाई कानुन निर्माण गरी नगरसँग जोडिने छ।

सामाजिक सुरक्षा भत्तालाई वडा तहमा वितरण गर्ने र नगरपालिकाभित्र रहेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई  जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णयसमेत गरेका छन।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्