Kathmandu Press

ज्येष्ठ राजनीतिज्ञ पन्तको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडाैं, जेठ ११ : नेपाली कांग्रेसले पार्टीका ज्येष्ठ राजनीतिज्ञ हरिप्रसाद पन्तको निधनप्रति दुःख व्यक्त गरेको छ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज...
ज्येष्ठ राजनीतिज्ञ पन्तको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडाैं, जेठ ११ : नेपाली कांग्रेसले पार्टीका ज्येष्ठ राजनीतिज्ञ हरिप्रसाद पन्तको निधनप्रति दुःख व्यक्त गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी डोटी शिखर नगरपालिका–९ निवासी पार्टीका ज्येष्ठ राजनीतिज्ञ ७७ वर्षीय पन्तको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

पन्तको मङ्गलबार बेलुका ५ बजे कैलालीको नोभा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 'स्वर्गीय पन्तले पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नाका साथै सामाजिक र शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको थियो,' कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्व पन्तको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको कांग्रेसले जनाएको छ। पन्तको निधनप्रति कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले स्व पन्तप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, जेठ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्